geet gajal


 "गीत" 
आउँ है माया आउँ~~

प्रतिक्षामा दिन ढल्यो, ढल्नै लाग्यो साझ
दियो बाली कुरी रा'छु रात नढल्दै आउँ

को
वन पाखा कोइली रूदा मन रून्छ हररर
कान्छा तिम्रो सम्झानामा झर्छ आँशु बररर
>>>>>>>>>>>>

कोर्दैछु कागजमा खुशीका ति पलहरू
गोधुलीमा चिह्याउदै वादलपारीको रहर
रमार्इलो ति क्षणहरू समेटेर आउ
खुशी साँची कुरी रा'छु रात नढल्दै आउ

को
वन पाखा कोइली रूदा मन रून्छ हररर
कान्छा तिम्रो सम्झानामा झर्छ आँशु बररर
>>>>>>>>>>>>

जाहि जुहि फूल सँगै यैावन फूलि राछ
इन्द्रेणीको सातै रंग लिएर आउ
नैानी झै पग्लदैछु वैंश नढलदै आउ
जोवन साँची कुरी रा'छु रात नढल्दै आउ

आउँ है माया आउँ~~
प्रतिक्षामा दिन ढल्यो, ढल्नै लाग्यो साझ
दियो बाली कुरी रा'छु रात नढल्दै आउँ

पबित्रा राई
ओखलढुँगा
नेपाल

1 comment:

  1. भित्र पनि एक पल्ट हेरिदिनु हुन्छ कि~

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)