geet gajal


"गीत"
हेप्छन् हरपल किन यहाँ....

हेप्छन् हरपल किन यहाँ, मनको धनि सर्वहारा|
सम्पतिले मात्र सायद,चल्छ क्यारे संसार सारा|

जसले कर्म गर्छ आखिर,उसले भोकै बस्नु पर्छ
सामन्तीले दमन गर्दा, निर्दोष नयन रस्नु पर्छ|
छाती कुल्ची मुटु फोड्ने, कसैको त रै'छ पारा
हेप्छन् हरपल किन यहाँ,मनको धनि सर्वहारा|

मन हो ठुलो दुनियाँमा, मनकै हत्या किन हुन्छ
मानवताको व्यापार गरी,जसले पनि धनै चुन्छ|
जन्मिएनन् समाजसेवी, बरु जन्मे गरिब मारा
हेप्छन् हरपल किन यहाँ, मनको धनि सर्वहारा|

हेप्छन् हरपल किन यहाँ, मनको धनि सर्वहारा|
सम्पतिले मात्र सायद,चल्छ क्यारे संसार सारा|

सुवास संगम राई
लोखिम - ३ सोलुखुम्बु

 

1 comment:

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)