geet gajal

गीत



गीत;

कस्लाई थाहा यति दुख्छ समयको चोट/
अन्जानैमा लगाउँथे यै भाग्यलाई दोष//

कहिले सुक्छु खडेरीले
कहिले हुन्छु पानीपानी/
जता लान्छौ राजी बनी
डोर्याउँछु जिन्दगानी//

जस्तो सुकै सही दिन्छु म त तिम्रै दासी/
कालै आवोस मरी दिन्छु म त हाँसी हाँसी//
कहिले धेरै हँसाउछौ
कहिले धेरै रुवाउँछौ/
हिड्नै नपाई कहिले त
शिखरमा पुर्याउछौ//

बुझ्न सके तिमीलाई भोली बन्थे नामी/
बस्नु पर्ने थिएन कहिल्यै पुर्पुरोमा छामी//

गीतकार: कृष्ण कला वनेम


हाल: तेल-अभिव
ईजरायल।



2 comments:

  1. samagramaa Git dherai utkrista 6. badhaai gitkaar Krishna kala jyu maa.

    ReplyDelete
  2. Thank you. Agyaat g, blog herera coment gariinubhaeko maa.

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)