geet gajal

गीत



"गीत"

गीतको बोल: एकान्तमा

एकान्तमा एक्लै-एक्लै हाँस्न थालेकी छु।
यो मुटुमा तिम्रै माया साँच्न थालेकी छु।

लाज लाग्छ कता-कता तिम्लाई सम्झिंदा,
पहिलो भेटमै तिमीसँगै माया साटिंदा,
बनपाखामा तिम्रै गीत गाउँन थालेकी छु।
यो मुटुमा तिम्रै माया साँच्न थलेकी छु।

फूल टिपी चुल्ठीभरि तिम्ले सिउरिदिंदा,
तिम्रो चोखो मायाले मलाई पहिरिदिदा,
आँखाभरि तिम्रै रुप देखन थालेकी छु।
यो मुटुमा तिम्रै माया साँच्न थालेकी छु।
गीतकार; कृष्णकला वनेम
हाल; तेल अभिव,
ईजरायल
NOTE: उनको गितीएल्बम बिमोचनको झलक हेर्न यहाँ क्लिक गर्नुश.>> बिमोचन

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)