geet gajal

गजल


लाखौं लाखको..........


लाखौं लाखको बिचमा तिम्रै नाम प्यारो लाग्यो।
तिम्रो रस्ती बस्ती अनि गाम प्यारो लाग्यो ।।

गुराँस मुस्कुराउँदा नाँच्ने मन झनै तिम्रो साथ
तोरी, बुकी, पैयुँ फुल्ने ठाम प्यारो लाग्यो।।

मान्छेले नै मान्छे बेच्ने सहरिया धन्दा भन्दा
हलो, कुटो, कोदालेकै काम प्यारो लाग्यो।।

ईमेल, इन्टरनेट प्रबिधि जे सुकै होस
चिट्ठी पत्र बोक्ने त्यहिं खाम प्यारो लाग्यो।।

दु:ख जति नै होस् कुन छलछाम छैन
काँडै काँडा बिझेका निल-डाम प्यारो लाग्यो।।

हेमा कार्की "कञ्चन"

ठेगाना: कुश्मा, पर्बत
इमेल :kanchan_hema@yahoo.com



No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)