geet gajal

गीत

कोर्दैछु यादहरू कागजमा मसिले रंगाउदै/
मे्दैछु त्यहि यादहरू आँशुले भिजाउदै//

बग्ने गंगा रहेछ माया दोभानमा छुटियो/
उड्ने चंगा रहेछ माया छितिजमा चुटियो/
कहाँ गर्इ मेाउ यादहरू पलपल रूवाउछ/
नरोउ भन्छु तिम्रै मायाले बेस्सरी सताउछ//

अधुरो भो यात्रा तिम्ले साथ छोडि दिदा/
सँगै चल्ने पाइला तिम्ले अन्तै मोडि दिदा/
प्रति विम्व सँगालेर तिम्रै यादमा रूदैछु/
चस्काइ रहने तिम्रो हासो आँशुले धुदैछु//

पवित्रा रार्इ

ओखल्ढुङ्गा- नेपाल

2 comments:

  1. बैनीका गीतहरु सँगै साँगुरीको याद आउँछ भेडेटारको घुम्तीहरुमा ठोक्किन्छु अनि एक् खाङ्ग्रे सुन्तला बोकेर पाख्रीबास, हिले हुँदै धनकुटा पुग्छु अनि मै सँग यात्रा गर्ने मेरी सँगी को याद धेरै आउँछ। कहाँ गए ति दिन? कहाँ पुगिन होलिन उनी? म कर्तब्यको छाप्रो छाउँदा दुई दिन पर्खन नसकेकी मेरी संगीको याद ले सतायो गीत बेहद मन पर्‍यो, बधाई बैनी सिर्जनाहरु गीतहरु पथप्रदर्शक होऊन शुभकामना।

    ReplyDelete
  2. बिजे दाजु हजुरको आशिर्वाद, न्यानो माया, हैासला अनि मिठो भावको म सधै कदर गर्दछु । हार्दिक आभारका साथ हृदय देखिन धन्यवाद हजुर अनि भोजपुरे ब्लग परिवारलार्इ ।

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)