geet gajal

गजल



फर्कीआउनु मेरो हजुर, साह्रै दु:ख पाएकी छु।
पेटभरि खानु छैन, लुगा त्यस्तै लाएकी छु।

घरको छानो चुहिएको छ, तिमी बिदेश गएदेखी,
आधा पानी भित्रै हुन्छ, सेउलाले छाएकी छु।

साहुको घर छोराछोरी भाँडा माझ्न जाने गर्छन,
बिरहका आँशु चुहाई, न्याउली झैं गाएकी छु।

परेवाका जोडीसरि, बाँच्ने मेरो रहर थियो,
बोई बुज्न छिटो आउनु, दु:ख धेरै खाएकी छु।


लेखनाथ काफ्ले
वालिङ-७ स्याङ्जा
साभार: गजल उत्सव

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)