geet gajal

गीत





सुस्तरी छुन्छु तिमीलार्इ जूनको शितल रातमा
टिप्नेछु मधुर धुन धड्किएको तिम्रो धड्कनमा

वुँदवुँद आनन्दि भाव हल्का गुलावी प्रकाशमा
ललित लाली लिप्ने त्यो पश्चिमी आकाशमा
सर्नेछन् दुधिलो जून सुस्तरी तिम्रो समिपमा
टिप्नेछु मधुर धुन धड्किएको तिम्रो धड्कनमा

झोका झोका बनाउदै वहने शीतल वतासमा
झर्ना नदि हुदै छल्कने शितल शान्त सागरमा
नाच्नेछन् वादलहरू सरसर मोहनी तालमा
टिप्नेछु मधुर धुन धड्किएको तिम्रो धड्कनमा

पवित्रा रार्इ
ओखल्ढुङ्गा

1 comment:

  1. Pabitra Rai baini ko gitiyaatraa sadhai shikhar maa rahos yahi kaamana, ma abm mero blogunitko tarfabaata.

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)