geet gajal

गजल



आशिस दिन शब्दहरू बोल्नुपर्छ भन्ने छैन
बोलिएका शब्दले मन पोल्नुपर्छ भन्ने छैन

कहिलेकही कारण बिनानै रन्किन्छ दिमाग
श्रमिकीको श्रममा विष घोल्नुपर्छ भन्ने छैन

कति हिउद कति बर्षा रुदैपनि कटे होलान्
सबैको सामु सबै कुरा खोल्नुपर्छ भन्ने छैन

लक्ष्य बोकेर अगाडि बढे पुगिन्छ गन्तव्यमा
दुनियाका फोहोरी पाउ मोल्नुपर्छ भन्ने छैन

गीता थापा
बेलाबारी मोरङ
हाल: ईजरायल

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)