geet gajal

गजल




दियौ......

फाटेको दिल थियो तिमिनै टालो बनि दियौ
थाकेको हात थियो तिमिले पालो भनि दियौ

जिन्दगि केहो भनि भौतारिन्दै अनयोलमा
रोएको रात थियो तिमले हासो गनि दियौ

भरोसा छैन जिबनको उडेको चंगा झै गरि
चुहेको मुटु थियो तिमिले बाटो खनि दियौ

बियोग को जलन मेट्न आसुको ताल डुब्दै
छुटेको साथ थियो तिमिले माला उनि दियौ

उध्रेको मन थियो तिमिनै टालो बनि दियौ
गलेको दिन थियो तिमिले पालो भनि दियौ



चुगेन्द्र ताम्ली

जीतपुर-६, आन्द्रुङ
धन्कुटा, नेपाल



No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)