geet gajal

गज़ल



मन भरि माया थियो बताउन सकिन
तिमी मेरै हौ भनेर जताउन सकिन

तिमिलाइ भन्नु पर्ने धेरै कुरा थियो
एउटा प्रेम पत्र लेखी पठाउन सकिन

महिना साल भन्दै बिति गयो दिनहरु
यो दिल बाट कहिल्य हटाउन सकिन

मनको कुरा मनमै रह्यो खोल्न सकिन
मायाको कुरा गर्दै कालु सताउन सकिन

सधै तिम्रै याद सङ्गालेर बाच्नेछु कालु
यो जुनिमा मन अन्तै खटाउन सकिन


शेर्पिनि कान्छी
काठमाडौ नेपाल
हाल: ईजरायल

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)