geet gajal

गजल


उपहार के दिन सक्छु एक बचन बोलि ।
बहार के दिन सक्छु छाडि जानैपर्ने भोलि ।

मनले मात्र सजेको काल्पनिक संसार झै
मद्दत के दिन सक्छु रित्तो भाछ मेरो झोलि ।

सोच्थे कहिल्यै आसु नदिउ भनेर तिम्लाइ
खुसि के दिन सक्छु बगाइ रगतको खोलि ।

बाटो छुटि गोरेटोमा अलमल भाको मान्छे
कपास के दिन सक्छु फाटेकोछ लाको चोलि ।

उपहार के दिन सक्छु एक बचन बोलि
बहार के दिन सक्छु छाडि जानैपर्ने भोलि । 

चुगेन्द्र ताम्ली

एन्स्को-७६ रिग क्लर्क
८९६१४२६
०३-८८०-५४३६
साउदी अरब

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)