geet gajal

गजल




छोडि जाने.......!

तिम्ले छोडि जाने रैछौ मायाको फुल रोपि
अनायसमै सम्हालेछु मैले मुटु भित्र छोपि !१!

कस्लाइ यहा के थाहा कस्को दिलामा केछ
जालि मन खालि पन छाड्छन छुरा घोपि !!२!!

बचनैले ठिक्क पार्ने कस्तो मिठो बुद्दिचाल
पैले फुल अनि काँडा, जान्छन घाउ कोपि !!३ !!

ममताको हेरा फेरि कति धेरै पापि बन्छन
आफ्नो खुसि फुलाउन हान्छन बाण तोपि !!४ !!

तिम्ले भुलि जाने रैछौ मायाको बार रोपि
बिना सित्ति अंगालेछु मैले मन भित्र छोपि !!! ५!!!


चुगेन्द्र ताम्ली
जीतपूर-६, धनकुटा
हाल: साउदीअरब

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)