geet gajal

गीत



हिजो यहीं भेट्यौं हामी,आज यहीं छुट्ने भयौं।
समयको खेल यो कस्तो?नचाहेरै टुट्ने भयौं।

साथमा हुँदा कसम मैले,हजारौं भूल गरें होला,
माफ गर्नु है मेरो हजुर,व्यर्थै समीप सरें होला।
छुट्ने घडी हो यो हाम्रो,समय देखि रुठ्ने भयौं,
समयको खेल यो कस्तो?नचाहेरै टुट्ने भयौं।

विचार पनि मिल्थ्यो हाम्रो,लक्षहरु उस्तै थिए,
कति दु:ख झेल्यौँ संगै, कति हाम्रा कर्मै खिए।
सम्झनालाई बिछ्याएर,सम्झनामै सुत्ने भयौं,
समयको खेल यो कस्तो?नचाहेरै टुट्ने भयौं।

हिजो यहीं भेट्यौं हामी,आज यहीं छुट्ने भयौं।
समयको खेल यो कस्तो?नचाहेरै टुट्ने भयौं।

सुबास संगम राई
सोलुखुम्बु, सगरमाथा
नेपाल

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)